आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

अन्तर नगर कराते, बक्सीङ र तेक्वान्दो बोक्सेमा

७१ पटक हेरिएको

उपहार न्यूज
उदयपुर फागुन २
त्रियुगा नगरपालिकाको प्रायोजन तथा त्रियुगा नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेमा अन्तर नगरपालिका स्तरीय कराते, तेक्वान्दो र बक्सिङ प्रतियोगीता सुरु भएको छ ।
प्रतियोगीताको एक कार्यक्रमका विच त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरीले उद्घाटन गर्नु भएको छ । प्रतियोगीताको उद्घाटन समारोहलाई संबोधन गर्दै नगर उपप्रमुख चौधरीले नगरको खेलकुद विकासको लागि आफुहरु उदार रहेको बताउनु भयो । उहाँले खेलकुद स्वास्थ्य नागरिक र अनुशासित नागकिर उत्पादन गर्नका लागि महत्वपूर्ण भएकाले खेलकुद क्षेत्रमा स्थानिय सरकारले ध्यान दिएको बताउनु भयो ।
राष्ट्रिय खेलकुद विकास समितिका निर्देशक महेन्द्र राईले खेलकुदको माध्यमबाट राष्ट्रिय अन्तराष्ट्रिय सफलता प्राप्त गर्न सक्ने भएकाले यसलाई निरन्तरता दिईनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले खेलकुद सबैलाई एकताको सुत्रमा बाध्न सक्ने क्षेत्र भएकाले यसमा लाग्नका लागि युवाहरुलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष पशुपती चौधरी, त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले शुभकामना मनतव्य राख्नु भएको थियो । त्रियुगा नगरपालिका वडा नम्बर १० स्थित बालमन्दिर माविको प्राणगंनमा सुरु भएको प्रतियोगीतामा त्रियुया नगरपालिका, बेलका नगरपालिका र चौदण्डिगढि नगरपालिकाका खेलाडिहरुको सहभागीता रहेको छ । प्रतियोगीता त्रियुगा नगर खेलकुद विका समिति संगै जिल्ला बक्सिङ संघ, गाईघाट तेक्वान्दो डोजाङ र सितोरियो कराते डो को संयुक्त आयोजनामा सुरु भएको हो । प्रतियोगीताको उद्घाटनको क्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० ले कराते, तेक्वान्दो र बक्सिङ संघलाई आवश्यक खेल सामाग्री समेत हस्ताणतरन गरिएकोे थियो । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology