आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

वडाध्यक्ष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्टस क्लवको पोल्टामा

१७० पटक हेरिएको

उदयपुर, माघ २८ । सप्तरीको सम्भुनाथ नगरपालिका ४ बज्रंगबली कृषि हाँटबजारमा आयोजित वडाध्यक्ष भलिवल प्रतियोगिताको उपाधि उदयपुरस्थित उदयपुर स्पोर्टस क्लवले हात पारेको छ । जिल्लाको शम्भुनाथ नगरपाललिका वडा नम्बर ४, कार्यलयको आर्थिक सहयोगमा सञ्चालित भलिबल प्रतियोगिताको उपाधि उदयपुरबाट गएको टोलीले जितेको हो ।

स्थानीय शम्भुनाथ प्रगतिशील युवा क्लबले आयोजना गरेको प्रतियोगिता मंगलबारदेखि शुरु भएको थियो । प्रतियोगिताको पहिलो खेलमा सर्लाही भलिबल टिम सेमिफाइनलमा प्रहरिया भलिबल टिम सिरहालाई २–३ को सोझो सेटमा पराजित गर्दै जितको यात्रा तय गरेको थियो ।

त्यस्तै फाइनल खेलमा प्रहरिया भलिबल टिम सिरहा ‘बि’ लाई ०–३ को सेटमा पराजित गर्दै उदयपुर स्पोर्टस क्लवले उपाधी आफ्नो अधिनमा ल्याएको हो । जित हात पारेसँगै खेलाडीहरु सोमबारै गृहजिल्ला फर्किसकेका छन् । प्रतियोगिताको फाईनलपछि समापन कार्यक्रममा सम्भुनाथ नपाका उपमेयर कविताकुमारी सरदारको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा सप्तरी, सुनसरी, सिराह र उदयपुरका गरी कुल ९ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology