आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

खोटाङमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफ उदयपुरलाई (फोटो फिचरसहित)

२१० पटक हेरिएको

उदयपुर, माघ २६ ।
खोटाङमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणले हात पारेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपािलका ३ छोरम्बु सापातेलमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासील गर्दै एपीएफ उदयपुरले नगद १ लाखसहित शिल्ड प्राप्त गरेको हो ।

बिभिन्न ठाउँबाट कुल १६ टिम सहभागी रहेको प्रतियोगितामा सितला प्रावि खमारेले दोस्रो स्थान सम्हालेको थियो । प्रतियोगिताको तेस्रो स्थान भने दिप्रुङ चुईचुम्माकै याम्खाले सुरक्षित गरेको छ । प्रतिस्पर्धामा नेपाली सेना, नेपाल प्रहरीसहित तीन बिभागीय टोलीको पनि सहभागिता रहेको थियो ।

शान्ति निकेतन मिना कर्ण मावि सापातेलले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा विजयी एपीएफ उदयपुर र सितला प्रावि खमारेबीच प्रतिस्पर्धा भएको थियो । पहिलो सेटमा २५–१८ फराकिलो जित खमारेले हात पारेका थियो । त्यसलगतै आक्रामक प्रस्तुती दिएको एपीएफ उदयपुरले क्रमश २५–११ र २५– २३ सेटसहित उपाधि यात्रा सुनिश्चित गरेको टिम क्याप्टेन प्रेमबहादुर हमालले जानकारी दिए ।

वर्षेनी हुने प्रतियोगिताको यो वर्षका लागि रनिङ नगदसहित शिल्ड प्राप्त गर्ने एपीएफ उदयपुरले मेडल र प्रमाणपत्रसँगै उत्कृष्ट खेलाडीको ट्रफी पनि हात पारेको छ । प्रतियोगिता अवधिका उत्कृष्ट खेलाडी एपीएफ उदयपुरकै जर्मन कार्की घोषित भएको प्रशिक्षक हेमराज बुढाथोकीले जानकारी गराए । माघ २३ देखि २५ गतेसम्म सञ्चालीत प्रतियागिताको दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology