आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

बेल्टारमा कांग्रेस प्रशिक्षण, गच्छदार माथिको मुद्धा बदनियतपूर्ण ः डा. महत

११० पटक हेरिएको

उपहार न्यूज
उदयपुर माघ २४
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बहुचर्चित अमेरेकि सहयोग कार्यक्रम एमसिसि नेपालको हितमा रहेको बताउनु भएको छ । उहाँले अमेरेकी सरकारले विभिन्न मापदण्ड पुरा गरे पछि गरिब राष्ट्रहरुको लागि अघि सारेको अनुदान कार्यक्रम एमसिसि नेपाल जस्तो मुलुकको लागि आवश्यक रहेको बताउनु भएको छ ।
बाहिर हल्ला भए जस्तो एमसिसि नभएर यसको आफ्नै किसिमको मापदण्ड अनुसार कार्यक्रम संचालन हुने उहाँले बताउनु भयो । सामाजिक संजाल देखि विभिन्न स्थानमा एमसिसिको बिषयमा अध्याननै नगरी एमसिसिको बिषयमा हल्ला मचाईएको उहाँले बताउनु भयो ।
नेपाली कांग्रेस उदयपुरले शुक्रबारबाट सुरु गरेको जिल्ला स्थित जनप्रतिनिधि तथा पार्टीका अगुवा कार्यकर्ताको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।


डा. महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको आरोप लगाएका छन् । उहाँले मन्त्रीपरिषदको निर्णय कार्यन्वयन गर्ने मन्त्रीलाई मुद्दा चलाउने अख्तियारको निर्णय सरकारका प्रवक्तासमेत रहने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले वकालत गर्नु बदनियतपूर्ण भएको बताए । ‘अख्तियार स्वतन्त्र संवैधानिक निकाय हो। कानुनतः उसले गर्ने छानबिन सरकारलाई अवगत गराउन पर्दैन,’ महतले भने, ‘तर सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सरकारकै निर्देशनमा छानबिन भएको जस्तै गरी सार्वजनिक रुपमा बोल्नुहुन्छ । त्यो भन्दा बदनियतपूर्ण अवस्था के हुन्छ ?’ डा. महतले भन्नु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य हिमाल कार्कीले नेपाली कांग्रेस भित्र गुट उपगुटको राजनिति मौलाएका कारण कांग्रेस बलियो बन्न नसकेको औल्याउनु भयो । उहाँले पार्टी सभापती शेरबहादुर देउवाले बहुमतको आधारमा गरेका निर्णयहरुलाई विधान विपरित भयो भन्दै बैठकहरु बहिस्कार गर्नु गलत भएको औल्याउनु भयो । पार्टी भित्रको चरम गुटबन्दि अन्त भए मात्र पार्टी एक भएर अघि बढ्न सक्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महिला नेतृ रिता खनाल, उदयपुर पार्टी सभापती विदुर बस्नेत, चौदण्डिगढि नगरपालिका प्रमुख खगेन्द्र राई, त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी, महिला संघ उदयपुरका अध्यक्ष लिला राई, नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेत, कटारी नगर सभापती गोपी पराजुली, चौदण्डिगढि नगर सभापती राजेन्द्र पौडेल, बेलका नगर सभापती सुशिल सेढाई लगायतले आफ्ना भनाई राखेका थिए । शुक्रबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रम आईतबार सम्म संचालन हुने छ ।
तालिममा कांग्रेसबाट निर्वाचित जिल्लाभरका १२२ जना जनप्रतिनिधि, स्थानिय तहका पार्टी प्रमुख, क्षेत्रीय सभापती तथा जिल्ला कमिटि सहित १५० जनाको सहभागीता रहने छ ।
तालिममा नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेता तथा विज्ञहरु डा. सोमलाल सुवेदी, मिन विश्वकर्मा, लक्ष्मी परियार, रिता खनाल, गुरु सुवेदी लगायतले तालिमको प्रशिक्षण गर्ने नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology