आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

उदयपुरमा दःखद खबर साउनेमा बस दुर्घटना, खोटाङका ११ र उदयपुरका १६ घाईते (नामवली सहित)

७७३ पटक हेरिएको

उपहार न्यूज
उदयपुर माघ ९
उदयपुरको त्रियुगा नगरपालिका १४ जितपुर सगरमाथा राजमार्गमा बस दुर्घटना हुदाँ २७ जना घाईते भएका छन् । गाईघाटबाट साउने तर्फ जादै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा २ ख ५४१८ नम्बको बस आपसमा ठक्करखाई दुर्घटना हुदाँ बसमा सवार २७ जना गम्भीर घाईते भएका छन् ।
मे १ ख १७४० नम्बको बसका चालक उदयपुरको त्रियुगा नगरपालिका १५ रानीबास बस्ने यमन थापा, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ का गौतब बिक, दिप्रुङ चुईचुम्मा गाउँपालिका १ का सानुमाया राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ का डम्बर कुमारी खत्री, दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ का राकेश राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ का कल्पना थापा घाईते भएका छन् ।
त्यसैगरी उदयपुरको त्रियुगा गनरपालिका २ का छत्रबहादुर मंग्राती, पदम बोगटी, रौतामाई गाउँपालिका ६ का सविन मगर, रौतामाई ८ का बसन्त राई र रौतामाई ५ का बिमला राई घाईते भएका हुन् ।
यता बा २ ख ५४१८ नम्बरका बस चालक त्रियुगा नगरपािलका ३ मिलन चोकका सुरेश खड्का, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ का लिलाकुमारी श्रेष्ठ, खोटाङ बाह्रपोखरी गाउँपालिका १ का ताराकुमारी श्रेष्ठ, त्रियुगा नगरपालिका ५ का सविता राई, सलिना राई त्रियुगा नगरपालिका १४ का थिराकुमारी मगर, भरत मगर, पेसल मगर, खोटाङ बाह्रपोखरी गाउँपालिका १ का गणेश बहादुर राई, उदयपुरको त्रियुगा नगरपालिका १४ का एक बहादुर कटुवाल, गंगामाया मगर, रौतामाई गाउँपालिका ५ का भुपेन्द्र मगर, दिप्रुङ गाउँपालिकाका विष्णु खड्का, त्रियुगा नगरपालिका १५ का लिला पराजुली र खोटाङ बाह्रपोखरी गाउँपालिकाका प्रबिन श्रेष्ठ घाईते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाईते सबैको उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार हुदै गरेको र बसलाई जिल्ला प्रहरी कार्यालय उदयपुर नियन्त्रणमा राख्न प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology