आइतवार, चैत्र १६, २०७६ Sunday 29th of March 2020

नेकपा वेलका नगर अध्यक्षमा मनोज तामाङ

२५७ पटक हेरिएको

उपहार न्यूज
उदयपुर माघ ८
नेपाल कम्युनिष्ट पार्टीको वेलका नगर समितिको अध्यक्षमा मनोज तामाङले जिम्मेबारी पाएका छन् । नेकपाका पार्टी संरचना बनाउने क्रममा जिल्ला समिति गठनको क्रममा भंग भएको स्थानिय तह स्तरीय समितिले पुन पुर्णता पाएको हो । नेकपा वेलका नगर समितिमा तामाङको अध्यक्षतामा ८१ सदस्यीय समिति चयन भएको हो, समितिको सचिवमा गणेश बस्नेत चयन भएका छन् ।
सोमबार एक कार्यक्रमका विच वेलका नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्रदेश नम्बर १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सपथ ग्रहण गराईएको छ । सपथ ग्रहण कार्यक्रममा प्रदेश सभा सदस्य अम्बिका थापा, नेकपा उदयपुरका अध्यक्ष विनोद कटुवाल लगायत नेकपाका जिल्ला स्तरीय नेताहरुको बाक्लो उपस्तिथी रहेको थियो ।
नेपका अध्यक्ष तामाङ पूर्व माओवादी र सचिव बस्नेत पूर्व एमाले हुन्, पार्टी एकिकृत भए संगै गठित ८१ सदस्यीय समिति र नगरका वडा तहको समितिलाई चाडै पूर्णता दिने अध्यक्ष तामाङले बताउनु भयो ।
को हुन् अध्यक्ष तामाङ
वेलकामा युवाहरु माझ लोकप्रिय युवा नेता तामाङ वेलका नगरपालिकामा यस अघि नगरपालिकाको प्रमुख पदका लागि तत्कालिन माओवादीबाट प्रमुख दाबेदार हुन् । माओवादीबाट रमण भट्टराईलाई नगर प्रमुख पदमा टिकट दिए पछि उनलाई वडा नम्बर ४ को वडाध्यक्षको उम्मेदबारमा व्यवस्थापन गरिएको थियो ।
अब हुने निर्वाचनमा स्थानिय युवा पंक्ति देखि स्थानिय भद्रभलाद्मी तामाङले नगर प्रमुखको टिकट पाउने पर्ने धारणा राख्दै आएका छन् ।
नेकपा वेलका नगरपालिका अध्यक्ष चयन भएका मनोज तामाङ पूर्व माओवादीका नेता हुन्, उनी पूर्व माओवादीको तर्फबाट नेकपा अध्यक्षमा चयन भएका हुन् । २०५७ साल देखि माओवादीको भुमिगत राजनितिमा सक्रिय रहेका तामाङ तत्कालिन समयमा अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष, तामाङ मुक्ति मोर्चाका केन्द्रिय सदस्य हुदै पछिल्लो समय प्रदेश नम्बर १ का सह ईन्चार्ज समेत भएका थिए । तामाङ साविकको रामपुर ठोक्सिला गाविस अध्यक्ष हुदै वेलका नगरपालिका अध्यक्ष, माओवादी जिल्ला सचिवालय सदस्य समेत भईसकेका छन् । उनी यतिवेला पार्टी एकिकरण भए संगै वेलका नेकपा अध्यक्ष संगै जिल्ला कमिटि सदस्य समेत चयन भएका छन् । पार्टीको संगठनलाई मजबुद बनाउदै संगठन विस्तार आफ्नो मुख्य प्राथमिक्ता रहने तामाङले टेलिफोन सम्पर्कमा जानकारी दिए । वेलका नगरपालिकामा उदाउदा युवा नेताको रुपमा छबि बनाई सकेका तामाङ राजनिति संगै सामाजिक सेवामा पनि तल्लीन छन्, तामाङकै परिवारबाट वेलका नगरपालिका वडा नम्बर ४ को वडा भवन निर्माणको लागि निःशुल्क जग्गा दान समेत यस अघि गरि सकेका छन् ।
तामाङ वेलका नगरपालिका ४ स्थित गुरुङचौरी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वेलका नगरपालिका स्तरीय सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष समेत हुन् ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology