सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

मगरहरुमा राजनैतिक चेतना खुल्न आवश्यक ः अध्यक्ष रोका मगर

११७ पटक हेरिएको

उपहार न्यूज
उदयपुर माघ ४
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले मगर जातीहरुमा राजनैतिक चेतनाको आवश्यक्ता रहेको बताउनु भएको छ । उहाँले मगर जातीहरुमा राजनैतिक चेतना नहुदाँ सधै राज्यको नेतृत्वमा पुग्नेहरुले प्रयोगमात्र गरेकाले मगर जातीहरु आफै अग्रसर भएर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले निरंकुशताको जग उखेल्नको लागि विभिन्न समयमा भएको आन्दोलनको मोर्चाहरुको नेतृत्व मगर समुदायले गरे पनि अझै पनि मगर समुदाय राज्यको उत्पीडनको शिकार बन्नु परेको औल्याउनु भयो ।

नेपाल मगर संघ त्रियुगा नगर समितिले त्रियुगा नगरपालिका १० बोक्से उदयपुरमा आयोजना गरेको माघ्या सकटारटी तथा हुर्रा महोत्सवलाई संबोधन गर्दै अध्यक्ष रोका मगरले यस्तो बताउनु भएको हो । २०४८ सालको भन्दा २०७२ सालको संबिधान प्रगतिशिल भए पनि उत्पीडित जातीहरुलाई संबिधानले संबोधन गर्न नसकेको प्रति उहाँले चिन्ता व्यक्त गर्नु भयो ।
मगर जातीको माघि राष्ट्रिय चाड भएकाले सरकारले यसलाई राष्ट्रिय मान्यता दिनु पर्नेमा समेत उहाँको जोड थियो । कार्यक्रममा संबिधान सभा सदस्य राम बहादुर थापामगर, प्रदेश सभा सदस्य नारायण बुर्जा मगर, त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्का, आदिवासी जनजाती महासंघ त्रियुगा नगर समितिका सचिव सारदा दनुवार लगायतले कार्यक्रममा शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट मगर समुदायको बाक्लो उपस्तिथी रहेको थियो । कार्यक्रममा नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष भिमबहादुर पुलामी मगर, दल बहादुर मगरलाई प्रमुख अतिथिबाट अभिनन्दन समेत गरिएको थियो ।
कार्यक्रममा त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडाका कलाकारहरुले सास्कृतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु अमृता लुंगेली मगर, सुर्य पुर्वछाने मगर र शिव थापा मगरले सास्कृतिक प्रस्तुती दिएका थिए । कालकारहरुको सास्कृतिक प्रस्तुतीमा कार्यक्रममा सहभागी झण्डै पाँच हजार दर्शकहरु छमछमी हुर्रा नाचेका थिए । मगर समुदायको महान चाडको रुपमा रहेको माघ्या सकराटी यस बर्ष त्रियुगा नगरपालिका वडा नम्बर १०, १२ र १३ ले संयुक्त रुपमा आयोजना गरेको नेपाल मगर संघ त्रियुगा नगर समितिका अध्यक्ष ज्ञानेन्द्र मगरले जानकारी दिनु भयो । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology