सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

रजनीकान्तको ९० करोड भारुको पारिश्रमिकलाई उछिने यी अभिनेताले, लिए सय करोड

१०० पटक हेरिएको

तमिल सुपरस्टार विजयले पारिश्रमिकको मामिलामा रजनीकान्तलाई उछिनेका छन् ।
आगामी एक सिनेमाका लागि सय करोड भारू पाउने सम्झौता भएसँगे उनले पारिश्रमिकको मामिलामा रजनीकान्तलाई उछिनेका हुन् ।

रजनीकान्तले आफ्नो आगामी रिलिज ‘दरबार’का लागि ९० करोड भारू पारिश्रमिक बुझेका थिए। विजयले रजनीको यही पारिश्रमिकलाई पछि पारेका हुन्।

सन पिक्चर्सले निर्माण गर्ने एक नाम नराखिएको सिनेमाका लागि सो रकम दिने भएको हो। सन पिक्चर्सले यसअघि उनीसँग ‘सरकार’ बनाइसकेको छ।
विजयलाई सिनेमाका लागि सन पिक्चर्सले ५० करोड रुपैयाँ बुझाइसकेको छ।

मिडिया रिपोर्टहरुका अनुसार विजयले सन पिक्चर्सले बनाउन लागेको ‘थलापथी ६५’का लागि यो रकम पाएको बताएपनि यसबारेमा स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

हाल विजय ‘मास्टर’नामक सिनेमामा व्यस्त छन्। विजय अभिनित पछिल्लो रिलिज ‘बिगिल’ले वक्सअफिसमा तीन सय करोड भारू कमाइ गरेको छ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology