सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

कृषि विकास बैंकको ४ करोड ७६ लाख रुपैयाँ लुटेको आरोपमा एक पक्राउ

७९ पटक हेरिएको

काठमाडौं, पुस २० । कृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन्।

मोरङ रंगेली नगरपालिका-२ का दीपक नेपाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो।
महाशाखाका अनुसार उनलाई काठमाडौंबाटै समातिएको हो। उनी कृषि विकास बैंकमा पैसा झिक्न आएका थिए।
उनले ९ लाख रुपैयाँको चेक साट्न लागिरहेका बेला पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए।

लुटिएको ४ करोड ७६ लाख रूपैयाँमध्ये नेपालको खातामा एक करोड मौज्दात रहेको थापाले बताए।
गत असोज ५ गते सिरहा शाखाको उक्त पैसा सिस्टम ह्याक गरेर बैंकको केन्द्रीय कार्यालय पुर्‍याइएको थियो।

पछि उक्त रकम बैंकबाट विभिन्न व्यक्तिले निकालेका थिए। यसका मुख्य योजनाकार अफ्रिकन मूलका नागरिक पिटर रहेको प्रहरीले बताउँदै आएको छ।
मुम्बईमा बसेर उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम विभिन्न व्यक्तिको खातामा पुर्‍याएर निकालेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology