सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

उदयपुरमा ‘एशियन कलेज फर एड्भान्स स्टडीज’का विद्यार्थीहरु

१६८ पटक हेरिएको

उपहारन्यूज सम्वाददाता
उदयपुर । उदयपुरको अधिकांस स्वास्थ्य सेवा जनशक्ति, बजेट र भौगोलिक समस्याका कारण असहज हुने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयद्धारा सम्बन्धनप्राप्त ‘एशियन कलेज फर एड्भान्स स्टडिज डिपार्टमेन्ट अफ पब्लीक हेल्थ’का विद्यार्थीहरुले जिल्लाको बिभिन्न स्वास्थ्य संस्थामा गरेको खोजपछि सार्वजनिक तथ्याङ्कले यस्तो देखाएको हो ।

पुस १ गतेदेखि स्थलगत अभ्यास शुरु गरेका विद्यार्थीहरुले १८ गते जनस्वास्थ्य कार्यालयको सभाहलमा एक कार्यक्रमकाबीच यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् । उदयपुरको ४ नगरपालिका र ४ गाउँपालिका गरी आठ ओटै स्थानीय तहका स्वास्थ्यसंस्थामा गरिएको खोजका क्रममा ग्रामिण भेगका कार्यालयहरुबाट नागरिकलाई प्राप्त हुने सेवाहरु प्रभावकारी नहुनु चुनौति देखिएको उल्लेख छ ।

सहरी क्षेत्रमा रहेका कार्यालयहरुमा भौतिक पूर्वाधार सुसम्पन्न भएपनि सेवाको पहुँचमा सुधार ल्याउनुपर्ने खाँचो देखिएको विद्यार्थी मनिषा ढकालले जानकारी दिइन् । पब्लीक हेल्थअन्तर्गत चौथो वर्षको अभ्यासमा रहेकी ढकालका अनुसार १८ दिनभित्र देखिएको समस्या तिनका पहिचान र निराकरणका लागि देखिएका पाटोहरुका विषयमा प्रस्तुतीका लागि कार्ययोजना तयार गरिने छ ।

१८ दिन लामो स्थलगत अभ्यासको क्रममा सर्वसाधरणको स्वास्थ्यसँग जोडिएका बिभिन्न सरकारी स्वास्थ्यसंस्थाहरुको अवलोकन गरिएको थियो । जसअन्तर्गत विद्यार्थी टोलीले जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, प्रसुती केन्द्र तथा जिल्लाको एक मात्र सगरमाथा आयुर्बेदिक अस्पतालमा समेत अवलोकलन गरेको थियो ।

त्यस्तै उनीहरु बिभिन्न खोपहरुको विषयमा पनि खोज गरेको बताएका छन् । अधिकांस अभिभावकले आफ्ना शिशुलाई खोपको पूर्णमात्रासम्म नदिने गरेकोसमेत पाइएको उनीहरुको भनाई छ । चारपटकसम्म अनिवार्य लगाउनुपर्ने सुई (खोप)हरु कतिपयले तेस्रोपटकभन्दा बढी नदिने गरेको पनि सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तैगरी सुरक्षित मातृत्वको अवस्था पनि प्रदेश तथा संघीय सरकारले तयार पारेको तथ्यांकभन्दा सन्तोषजनक रहेको उल्लेख छ ।

यसैगरी स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले सहभागीहरुलाई जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । संघीय र प्रदेश तहको तुलनामा जिल्लाको स्वास्थ्य सुधार अधिकतर सन्तोषजनक रहेको पनि प्रमुख सुबेदीले बताए । उनले स्थानीय तहसँग समन्वय गर्दै जिल्लाको सबै ठाउँमा स्वास्थ्य पहुँच समावेशी बनाउन पहल भइरहेको समेत जानकारी दिए ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology