सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

उदयपुरमा भ्रमण बर्ष २०२० चौदण्डिगढिमा भव्य समारोहका विच उद्घाटन

२०६ पटक हेरिएको

विश्वराज तामाङ/देवराज राई
उदयपुर पौष १६
सरकारले महत्वकांक्षी योजनाको रुपमा अघि सारेको भ्रमण बर्ष २०२० उदयपुरमा पनि स्थानिय तहहरुले विभिन्न कार्यक्रम गरी शुभारम्भ गरेका छन् । अंग्रेजी नयाँ बर्षको पहिलो दिनको अबसरमा उदयपुरमा पनि विभिन्न स्थानमा भ्रमण बर्षको अबसरमा विभिन्न कार्यक्रम गरी सुरुवात गरिएको छ ।
भ्रमण बर्षको अबसरमा उदयपुरको चौदण्डिगढि नगरपालिका, रौतामाई गाउँपालिका लगायतका स्थानिय तहहरुले विभिन्न कार्यक्रम गरी बुधबार कार्यक्रमको शुभारम्भ गरेको हो । चौदण्डिगढि नगरपालिकाले बुधबार बृहत कार्यक्रमको आयोजनाका साथ अभियानको सुरुवात गरेको छ । भ्रमण बर्षको अबसरमा चौदण्डिगढि नगरपालिकाले विभिन्न कार्यक्रम गरी उद्घाटन गरेको छ । चौदण्डिढि नगरपालिका क्षेत्रको ऐतिहासिक चौदण्डिगढि दरबार क्षेत्रको पर्यटन प्रबद्र्धन र सबद्र्धनको लागि चौदण्डिगढि नगरपालिकाको बेल्टार बाट राईड टु चौदण्डिगढिको आयोजना गरेको थियो । देशभरका करिब एक सय बढि साईकल यात्रीहरुले राईड टु चौदण्डिगढिमा सहभागीता जनाएका थिए । नगरपालिकाको आयोजनामा चौदण्डिगढि वडा नम्बर १ स्थित ऐतिहासिकि चौदण्डिगढि दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्य प्रमिला राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यहरु विमल कार्की, अम्बिका थापा, संजा दनुवार, प्रमुख स्थानिय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानिय नागरिक तथा आन्तिक तथा बाह्र्य पर्यटकको बाक्लो उपस्तिथी रहेको थियो ।

कार्यक्रममा सहभागी बक्ताहरुले चौदण्डिगढिको पर्यटन विकासको लागि स्थानिय पूर्वाधारहरुको विकास गर्नु पर्ने आवश्यक्ता रहेको बताएका थिए । ऐतिहासिक महत्व बोकेको चौदण्डिगढि क्षेत्रको बिषयमा खोज तथा अनुसनधान गरेर नयाँ पिडिहरुलाई जानकारी बाड्नु पर्ने आवश्यक्ता रहेको सहभागी बक्ताहरुले औल्याएको थिए ।
उनीहरुले चौदण्डिगढि क्षेत्रमा अझै पनि विकासमा पूर्वाधारहरुको अभाव भएकाले त्यसका लागि जनप्रतिनिधिहरु एकताबद्ध भएर अघि बढ्ने जनप्रतिनिधिहरुले उद्घोष समेत गरेका छन् ।
चौदण्डिगढि क्षेत्रमा पर्यटनको विकास र सरकारले सुरु गरेको भ्रमण बर्ष सफल पार्नको लागि नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले जानकारी दिनु भयो । उहाँका अनुसार नगरपालिका क्षेत्रमा थुप्रै ऐतिहासिक पर्यटकीय क्षेत्रहरु रहेकाले त्यस स्थान सम्म पर्यटकलाई स्वागत गर्न नगरबासी तयार रहेको बताउनु भयो ।
पूर्वाधार अभावमा सरकारले महत्वकांक्षी योजनाका साथ सुरु गरेको भ्रमण बर्ष अलिक चाडो भएको जिल्ला साईकिलङ संघ उदयपुरका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिनु भयो ।
भ्रमण बर्षको शुभारम्भ कार्यक्रममा १३ औ सागका विजेताहरुलाई चौदण्डिगढि नगरपालिकाले पुरस्कृत समेत गरेको छ । चौदण्डिगढि नगरपालिकाले आयोजना गरेको भ्रमण बर्षको शुभारम्भ कार्यक्रममा विभिन्न जातजातिहरुको स्थानिय झाकी, परिकारको प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा स्थानिय तामाङ, राई, मगर र चौधरी समुदायले विभिन्न जातिय भेषभुषामा झाकी प्रस्तुत गरेका थिए । चौदण्डिगढिमा राईड टु चौदण्डिगढिमा सहभागी साईकल यात्रीहरुलाई नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वागत गरिएको थियो । साईकल यात्रीहरुको सहभागीताको लागि बधाई ज्ञापन गर्नका लागि विविध सास्कृतिक कार्यक्रम सहित बेल्टार बजारमा बुधबार साझ राईड टु चौदण्डिगढि समापन गरिएको छ ।
बिहिबार समेत संचालन हुने कार्यक्रममा सहभागीता जनाउनका लागि चौदण्डिगढि नगरपालिका क्षेत्रका विभिन्न स्थानका नागरिक, छिमेकी पालिकाका, छिमेकी जिल्लाहरु खोटाङ, भोजपुर, सिराह, सप्तरी लगायतका स्थानबाट पर्यटकहरुको आगमन रहेको छ । त्रियुगा एक्सप्रेस दैनिकबाट

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology