सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

टेबुल ठोकेर मन्त्रीसँग मुखमुखै लागेपछि हंगामा मच्चियो

७५ पटक हेरिएको

काठमाडौं, पुस १६ । ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै हुनुहुन्छ !’ तर, जवाफ आयो,‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ ! के गर्नुपर्छ मैले पनि जान्याछु !’

बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर हतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ ।

रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् । राजेश्वर रघुवीरका विश्वासपत्र । उनलाई विस्थापित गरेर गएका नेम्वाङले रघुवीरको डिजाइनमा असहयोग गरेको आरोप लगाएका थिए ।

वसन्तले प्रशासन महासाखा प्रमुखसमेत रहेका राजेश्वरसँग असहयोग गर्नुका कारण सोधेपछि हो, मन्त्रीसँग मुखमुखै लागेको । रघुवीर सिञ्चाइमन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर भौतिकमन्त्री भएपछि पनि महासेठसँगै पछि लागेर मन्त्रालय चलाए ।

त्यतिबेला मन्त्रीको निजी सचिवभन्दा पनि कमिसन एजेन्टका रुपमा बढी परिचित थिए । भौतिकमा पनि महासेठले त्यही भूमिकामा राखे । तर, रघुवीरको बहिर्गमनसँगै तिल्मिलाएका राजेश्वरले नयाँ मन्त्रीलाई सुरुदेखि नै असहयोग गर्न थाले । यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology