सोमवार, फाल्गुन १२, २०७६ Monday 24th of February 2020

पेट्रोलियम पाइपलाइनमाथि एक्साभेटर चल्यो, सामन्य क्षति

६३ पटक हेरिएको

काठमाडौं,पुस १५ । भारतबाट आएको पेट्रोलियम पदार्थको पाइपलाइनमाथि डोजर चलेको छ।

विरगञ्ज महानगरपालिका वडा १४ मा गण्डक चोक नजिकै वयोधा हस्पिटल अगाडि सडक विस्तारका क्रममा एक्साभेटर चलेको थियो।
पाइपलाइनमाथिबाट एक्साभेटर चलेपछि पाइपमा पनि सामन्य क्षति पुगेको र दुर्घटना नभएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।

सामान्य मर्मतका लागि मान्छे खटाइसकिएको उनको भनाइ छ । पाइपलाइन वरिपरी आयल निगमको स्विकृति बिना सडकमा काम गर्ने ठेकेदारलाई नजान निर्देशन दिइएको गोइतले बताए।

जेभी कन्स्ट्रक्सन प्रालिको ना १ ख ७०२२ नम्बरको एक्साभेटर उक्त क्षेत्रमा चलेको थियो

सम्बन्धित समाचार

भर्खरै

© copyright 2016-2019 and all right reserved to Upahar News | Site By : SobizTrend Technology